BIZMANDU
www.bizmandu.com

कालीखोलामा फेरि खस्यो पहिरो, नारायणगढ-मुग्लिन अवरुद्ध, यात्रु बाटोमै अलपत्र

२०८० साउन १३

कालीखोलामा फेरि खस्यो पहिरो, नारायणगढ-मुग्लिन अवरुद्ध, यात्रु बाटोमै अलपत्र
नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना५स्थित तीन नम्बर पुलमा खसेको पहिरो शुक्रबार डोजरको सहयोगमा हटाइँदै । तस्बिर ः हीरालाल गुरुङ/रासस

चितवन। नारायणगढ-मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ। यस सडकखण्डको कालीखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो।

Tata
GBIME

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार शनिबार बिहान ७ बजे इच्छाकामना गाउँपालिका-६ कालीखोलामा पहिरो खसेपछि आवगमन अवरुद्ध भएको हो। जसका कारण सो सडक भएर गुड्ने सवारी साधन र यात्रु अलपत्र परेका छन्।

पहिरो पन्छाउने काम भइरहेको प्रहरीको भनाइ छ।

आज बिहान १ बजे सोही स्थानमा खसेको पहिरो पन्छाएर ३ बजेदेखि सडक सञ्चालनमा ल्याइएको थियो। पहिरोका कारण यस सडकखण्ड पटक-पटक अवरुद्ध हुँदै आएको छ।