पोखरामा १३ मेगावाटको अप्पर सेती-१ निर्माण हुने, २०८२ भित्र व्यवसायिक उत्पादनको लक्ष्य

बिजमाण्डू
२०८० साउन ५ गते ०९:३६ | Jul 21, 2023
पोखरामा १३ मेगावाटको अप्पर सेती-१ निर्माण हुने, २०८२ भित्र व्यवसायिक उत्पादनको लक्ष्य


काठमाडौं। पोखरामा १३ मेगावाटको जलविद्युत आयोजना थपिने भएको छ। श्रेष्ठ इनर्जी सोलुसन प्रालिले अप्पर सेती-१ जलविद्युत आयोजना निर्माण गर्न लागेको हो।  

Tata
GBIME
NLIC

प्रस्तावित आयोजना पोखरा महानगरपालिका-१९,२५ र माछापुच्छ्रे गाउँपालिका-२,३ र ४ भएर बग्ने सेती नदीमा निर्माण हुनेछ।

यो आयोजनाको सम्भाव्यता अध्ययन र प्रारम्भिक वातावरणीय प्रभाव (आइइ) प्रतिवेदन तयार भइसकेको छ। कम्पनीले आयोजना निर्माणको अनुमति (जेनेरेस लाइसेन्स) मा गर्दै विद्युत विकास विभाग समक्ष आवेदन दिएको छ। विभागले लाइसेन्स दिने प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ।

शुक्रबार सार्वजनिक सूचना जारी गर्दै आयोजना निर्माण र सञ्चालन गर्दा कुनै प्रतिकूल असर पर्ने भए ३५ दिनभित्र लिखित राय/सुझाव पेस गर्न सरोकारवाला निकायहरुलाई अनुरोध गरिएको छ।

यो आयोजना नदी प्रवाहमा आधारित प्रकृतिको हो। जसको डिजाइन बहाव १५ घनमिटर प्रतिसेकेण्ड र कुल हेड ११७.१५ मिटर रहनेछ। आयोजनाबाट वार्षिक सरदर ८२.६२ गिगावाट घण्टा उत्पादन हुनेछ।  आयोजनाको बाँधस्थल भलाबोट नजिकै निर्माण हुनेछ।  विद्युत गृह घट्टेखोला नजिकै निर्माण हुनेछ। ४०५५ मिटर हेडरेस सुरुङमार्ग निर्माण गरिनेछ।

विद्युत उत्पादनपछि ९२ मिटर लम्बाइको टेलरेस क्यानल मार्फत पानीलाई पुन:सेती नदीमा छाडिनेछ।  २०८२ सालभित्र व्यवसायिक विद्युत उत्पादन गर्ने लक्ष्य छ।