सी-केवाइसी सुरु भएसँगै हट्यो संस्थैपिच्छे केवाइसी फाराम भर्नुपर्ने झन्झटिलो बाध्यता

बिजमाण्डू
२०८० साउन ३ गते १४:०३ | Jul 19, 2023
सी-केवाइसी सुरु भएसँगै हट्यो संस्थैपिच्छे केवाइसी फाराम भर्नुपर्ने झन्झटिलो बाध्यता


काठमाडौं। सीडीएस एण्ड क्लिएरिङ लिमिटेडले सी-केवाइसी (ग्राहकको पूर्ण परिचय) औपचारिक रुपमा सुरु गरेको छ।

Tata
GBIME

लामो समय परीक्षणमा रहेको सी-केवाइसी सिस्टम सीडीएसले साउन १ गते अर्थात सोमबारबाट औपचारिक रुपमा बजारमा ल्याएको हो।

यो व्यवस्था लागू भएसँगै सेयर बजारमा आवद्ध भएका लगानीकर्ताहरुले ब्रोकर कम्पनी तथा मर्चेन्ट बैंकपिच्छे ‘नो योर कस्टोमर’ (केवाइसी)को फाराम भर्नुपर्ने झन्झटिलो बाध्यता हटेको हो।

सीडीएससीका अनुसार एकपटक सी-केवाइसी भरेपछि त्यसले पुँजी बजारसँग जोडिएका सबै स्थानमा काम गर्ने छ। सीडीएससीका अनुसार हाल डीपी सेवा चलाइरहेका संस्थाहरुबाट सी-केवाइसी फारम भर्न सकिनेछ।

सी-केवाइसी प्रयोजनका लागि बैंक, मर्चेन्ट बैंक, ब्रोकर कम्पनीहरु, निक्षेप सदस्य, लगानी व्यवस्थापक, सामूहिक लगानी कोष व्यवस्थापकलगायतले सीडीएससीमा निवेदन दिन सक्नेछन्। सी-केवाइसी भेण्डर कम्पनीले निर्माण गरेको सिस्टम हो।

धितोपत्र बोर्डले केन्द्रीकृत विद्युतिय ग्राहक पहिचान विवरण (सी-केवाइसी) सेवासम्बन्धी कार्य सञ्चालन निर्देशिका, २०७७ अनुसार सी-केवाइसी हितग्राही खाताको विवरणको तथ्यांक शुद्धीकरण गरी एक व्यक्तिको एकभन्दा बढी हितग्राही खाता भए सो समेत यकिन हुने अपेक्षा गरिएको छ।