सुनको मूल्य बढेर प्रतितोला १ लाख १२ हजार ४ सय, चाँदी १४४० रुपैयाँ पुग्यो

बिजमाण्डू
२०८० असार २८ गते ११:०४ | Jul 13, 2023
सुनको मूल्य बढेर प्रतितोला १ लाख १२ हजार ४ सय, चाँदी १४४० रुपैयाँ पुग्यो


काठमाडौं। सुनको मूल्य फेरि बढेको छ। अघिल्लो दिन बुधबारको भन्दा तोलामा ८ सय रुपैयाँले सुनको भाउ बढेको हो।

Tata
GBIME

बिहीबारका लागि सुन प्रतितोला एक लाख १२ हजार ४ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार सुन तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेको छ। बिहीबार चाँदी प्रतितोला १४ सय ४० रुपैयाँ कायम भएको छ। बुधबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १४ सय रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै जाँदा यसको असर स्थानीय बजारमा देखिएको छ। बुधबार प्रतिऔंस १९३९.०५ डलर रहेको सुन बिहीबार बढेर प्रतिऔंस १९५६.७४ डलर पुगेको छ। चाँदी प्रतिऔंस २३.२६ डलरबाट वृद्धि भएर बिहीबार २४.७३ डलरमा कारोबार भइरहेको छ।