सुर्के-काठमाडौं उडान गरेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन, उडान गरेको १५ मिनेटमै हरायो

बिजमाण्डू
२०८० असार २६ गते ११:१७ | Jul 11, 2023
सुर्के-काठमाडौं उडान गरेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन, उडान गरेको १५ मिनेटमै हरायो


काठमाडौं। मङ्गलबार बिहान १० बजे यात्रुसहित सोलुखुम्बुको सुर्केबाट काठमाडौं उडान गरेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ।

Tata
GBIME
NLIC

९ एन-एएमभी कलसाइनको हेलिकोप्टर उडान गरेको १५ मिनेटमै सम्पर्कविहीन भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए।

उनका अनुसार यो हेलिकोप्टरमा पाँचजना विदेशी यात्रु सवार थिए। हेलिकोप्टरको खोजी भइरहेको उनले बताए।