हिम स्टार ऊर्जा कम्पनीले ११ करोड १९ लाखको सेयर सर्वसाधारणलाई निष्कासन गर्ने

बिजमाण्डू
२०८० असार ११ गते ०८:३८ | Jun 26, 2023
हिम स्टार ऊर्जा कम्पनीले ११ करोड १९ लाखको सेयर सर्वसाधारणलाई निष्कासन गर्ने

काठमाडौं। हिम स्टार ऊर्जा कम्पनीले सर्वसाधारणलाई आइपीओ निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले साधारण सेयर निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिँदै आइपीओको प्रक्रिया अघि बढाएको हो।

Tata
GBIME
Nepal Life

कम्पनीले बोर्डमा ११ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता सेयर निष्कासन गर्न माग गर्दै बोर्डमा निवेदन दिएको छ।

बोर्डका अनुसार कम्पनीले जेठ ३१ गते नै निवेदन दिएको हो। यो कम्पनीको साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल रहेको छ।

बोर्डबाट कम्पनीले आइपीओ निष्कासनको अन्तिम स्वीकृति पाएपछि मात्र सर्वसाधारणलाई सेयर जारी गर्ने छ।

कम्पनीले ओखलढुंगा र सोलुखुम्बु जिल्लामा रहेको ५ मेगावाटको बुकु कपटी खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ। आरओआर प्रविधिमा निर्माणाधीन उक्त परियोजनाको अनुमानित लागत १ अर्ब २ करोड ३० लाख रुपैयाँ छ।

कम्पनीको चुक्ता पुँजी सन् २०२२ डिसेम्बरमा २६ करोड १० लाख रुपैयाँ छ। कम्पनीको प्रमुख लगानीकर्ताहरु दिपक तिवारी (१६.४%), शोभा उप्रेती (७.२%), ध्रुवलाल पाण्डे (३.५%), नारायणप्रसाद उप्रेती (३.५%), जगदीश पौडेल (२.९%), किशोर दत्त बराल (२.७%), भिजन लुम्बिनी लिमिटेड (२.६%) र दतराज लामा (२.३%) लगायत छन्।