ग्लोबल आइएमई क्यापिटल र बिओके क्यापिटल अब एउटै कम्पनी, विशेष साधारणसभाबाट मर्जर पारित

बिजमाण्डू
२०८० असार ४ गते ०९:२७ | Jun 19, 2023
ग्लोबल आइएमई क्यापिटल र बिओके क्यापिटल अब एउटै कम्पनी, विशेष साधारणसभाबाट मर्जर पारित


काठमाडौं। ग्लोबल आइएमई क्यापिटल र बिओके क्यापिटल मार्केट एकआपसमा गाभिएका छन्।

Tata
GBIME
NLIC

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाडू लिमिटेडबीच मर्जरपछि एकीकृत कारोबार संचालन भैसकेको अवस्थामा दुबैको सहायक कम्पनीहरु पनि एकआपसमा गाभिएका हुन्।

ग्लोबल आईएमइ क्यापिटलले बीओके क्यापिटललाई ५३.१७ रुपैयाँका दरमा गाभ्दैछ। बैंकहरु भने बराबरी हैसियत मै एकआपसमा गाभिएका थिए।

दुई बैंकहरुको मर्जरपश्चात सहायक कम्पनीहरु ६ महिनाभित्रै गाभिएर एकमात्र सहायक कम्पनी संचालन हुनुपर्ने नियमअनुसार ग्लोबल आइएमई क्यापिटलले असार ३ गते विशेष साधारणसभा डाकी बिओके क्यापिटल मार्केट लिमिटेडलाई गाभ्ने प्रस्ताव पारित गरेको थियो।

विशेष साधारणसभामा यो प्रस्ताव सर्वसम्मत पारित भएपछि अब दुबै सहायक कम्पनीहरुले एउटै कम्पनीका रुपमा मर्चेन्ट बैंकिङ व्यवसाय संचालन गर्ने बताइएको छ।