सामुदायिक लघुवित्तको साधारण सभा आह्वान, १५ प्रतिशत लाभांशको विशेष प्रस्ताव  

बिजमाण्डू
२०८० असार १ गते १०:२६ | Jun 16, 2023
सामुदायिक लघुवित्तको साधारण सभा आह्वान, १५ प्रतिशत लाभांशको विशेष प्रस्ताव  

काठमाडौं। लाभांश वितरणको विशेष प्रस्तावसहित सामुदायिक लघुवित्त वित्तीय संस्थाले नवौं वार्षिक साधारण सभा आह्‍वान गरेको छ।

Tata
GBIME
Nepal Life

काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको लघुवित्तको जेठ ३१ गते बसेको संचालक समितिको बैठकको निर्णयले असार २२ गतेका लागि सभा आह्‍वान गरेको हो।

उक्त दिन सभा धुलिखेल जल रिसोर्टमा बिहान ११ बजेबाट संचालन गरिने छ। लघुवित्तले सभामा चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने १ करोड ३२ लाख बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ।

यस्तै कम्पनीले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने ६६ लाख बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि स्वीकृत गराउने छ।

उक्त लाभांश वितरणका लागि लघुवित्तले नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाइसकेको छ। साधारण सभाबाट अनुमोदन भएपछि कम्पनीले सो लाभांश सेयरधनीहरुमा वितरण गर्ने छ।

साधारण सभा तथा लाभाश वितरण प्रयोजनका लागि कम्पीले असार १४ गते बुक क्लोज मिति तोकेको छ। तसर्थ सो दिन भन्दा अघिल्लो कारोबार दिन सम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र लाभांश पाउनुका साथै सभामा सहभागी हुन पाउने छन्।