
काठमाडौं। महालक्ष्मी विकास बैंकले आयोजना गरेको ‘कर्पोरेट क्रिकेट लिग २०२३’ को बिजेता प्राइम कमर्सियल बैंक भएको छ। जेठ २० देखि २२ गतेसम्म इमाडोल स्थित बलपार्क इन्डोर क्रिकेटमा भएको प्रतियोगितामा प्राइमले माछापुच्छ्रे बैंकलाई हराएको हो।
प्रति योगितमा बिभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टिमले सहभागिता जनाएका थिए।
नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्रको प्रमुख आतिथ्यतामा बुधबार काठमाडौंमा आयोजित कर्यक्रममा विजेता प्राइम र उपबिजेता माछापुच्छ्रे टिमलाई पुरस्कृत गरिएको छ।
उत्कृष्ट फिल्डर एनआईसी एसिया बैंकका सञ्जय गिरि, उत्कृष्ट विके–किपर एनआईसी एसिया बैंकका रितेश अधिकारी, उत्कृष्ट बलर कामना सेवा विकास बैंकका छितेन दोर्जे शेर्पा, उत्कृष्ट ब्याट्स म्यान कामना सेवा विकास बैंकका समिर थापा क्षेत्री, उत्कृष्ट खेलाडी प्राइम बैंकका क्रितार्थ शाक्यलगायत ३१ खेलमा उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीहरुलाई म्यान अफ दिम्याचको ट्रफी प्रदान गरिएको छ।
मिश्र र महालक्ष्मी विकास बैंकक अध्यक्ष राजेश उपाध्यायले संयुक्त रुपमा ट्रफी तथा मेडल प्रदान गरेका थिए।