
काठमाडौं। सीजी मोटर्सले बिक्री गर्दै आएको नेटा भीको मूल्य १ लाख रुपैयाँ बढाएको छ। कम्पनी स्रोतका अनुसार नेटा भीमा करको दर बढेकाले १ लाख रुपैयाँ मूल्य बढाइएको हो।
यसअघि यो गाडीको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ थियो। अब बढेको नयाँ मूल्य अनुसार यो गाडी ३८ लाख ९९ हजार रुपैयाँ पर्ने छ। यो मूल्य लागु भइसकेको कम्पनी स्रोतले बताएको छ।
कम्पनी स्रोतका अनुसार बढेको मूल्य नयाँ गाडीमा मात्र लागु हुनेछ। बुकिङ गरिसकेका ग्राहकहरुले भने नेटा भी पुरानै मूल्यमा पाउने छन्।
बजेटले ५ प्रतिशत भन्सार र १० प्रतिशत अन्तःशुल्क वृद्धि गरेको हो। यसअघि १० प्रतिशत भन्सार मात्रै लाग्दै आएको थियो। अब १५ प्रतिशत भन्सार र १० प्रतिशत अन्तःशुल्क लाग्ने भएको हो।
यसमा ७० किलोवाट क्षमताको मोटर छ। साथै यसमा ३८.५४ किलोवाटको ब्याट्री छ। यसमा भएको ब्याट्रीले एक पटकको फुल चार्जमा ३८० किलोमिटर रेन्ज प्रदान गर्छ।