जोनी वाकर उत्पादक मदिरा कम्पनीका सीइओ रहेनन्, कम्पनीलाई २५ वर्ष ‘उत्कृष्ट नेतृत्व’

बिजमाण्डू
२०८० जेठ २५ गते ११:३३ | Jun 8, 2023
जोनी वाकर उत्पादक मदिरा कम्पनीका सीइओ रहेनन्, कम्पनीलाई २५ वर्ष ‘उत्कृष्ट नेतृत्व’

जोनी वाकर ह्विस्की र गिनिजजस्ता चर्चित मदिरा उत्पादन गर्ने विश्वकै सबैभन्दा ठूलो मदिरा उत्पादक कम्पनी डियाजियोका सीइओ इभान मेनेजेसको निधन भएको छ।

Tata
GBIME
Nepal Life

भारतको पुनेमा जन्मिएका ६३ वर्षका इभान बेलायती अमेरिकी नागरिक हुन्। उनी यसै महिनाको अन्त्यमा रिटायर्ड हुँदै थिए।

पेटमा अल्सरको समस्या देखिएर अस्पताल पुगेका इभान एक साताको उपचारपछि निधन भएको हो।

डियाजियो कम्पनीका अध्यक्ष जाभियर फेरानले भने-‘ इभान आफ्नो पुस्ताकै सबैभन्दा उम्दा नेतृत्वकर्ता थिए। उनले कम्पनीलाई बेस्ट पर्फर्मिङ, विश्वसनीय र उपभोक्ताहरुको सम्मान जित्ने कम्पनीको रुपमा अघि बढाए। उनी कम्पनीको स्थापनाकालदेखि नै थिए र २५ वर्षमा उनले कम्पनीलाई आजको अवस्थामा खडा गरेका हुन्।’

डियाजियोअघि उनले फुड एण्ड वेभरेज कम्पनी नेस्ले लगायतका अन्य ठूला कम्पनीहरुमा मार्केटिङ तथा रणनीतिका विभिन्न उच्च पदहरुमा रहेर काम गरेका थिए।

ब्रुअरी जायन्ट गिनिज र लण्डन बेस्ड कम्पनी ग्राण्ड मेट्रोपोलिजनको मर्जरपछ जन्मिएको डियाजियो कम्पनीमा उनी सुरुवातमै सन् १९९७ मा प्रवेश गरेका थिए।  उनले कम्पनीमा बिभिन्न उच्च पदहरुमा रहेर काम गरे।

फर्मको ग्लोबल मार्केटिङ डाइरेक्टरका रुपमा उनले जोनी वाकरको आइकोनिक क्याम्पेन ‘किप वाकिङ’ लाई सन् १९९९ मा लञ्च गरेका थिए।

स्कच ह्विस्कीको ब्राण्ड जोनी वाकरले हालसम्म पनि यो क्याम्पेन जारी राखेको छ।

सन् २०१२ मा इभान कम्पनीको कार्यकारी निर्देशकमा चुनिनुका साथै बोर्डमा नियुक्ति पाए। उनी त्यसको एक वर्षपछि कम्पनीको सीइओ बनेका थिए।

उनको नेतृत्वमा कम्पनीको बिक्रीले छलाङ मारेको थियो । उनले उनले फिलिपिनी रम ब्राण्ड डन पापा लगायतका विभिन्न ब्राण्डहरु पनि किनेका थिए।

डियाजियोसँग हाल २०० भन्दा बढी ब्राण्डहरु छन् जसको विश्वका १८० देशहरुमा वितरण हुन्छ।

एक दशकसम्म सीइओका रुपमा काम गरेपछि यसै वर्षको सुरुवातमा उनले आगामी जुन ३० मा पदबाट अवकास लिने योजना सावजनिक गरेका थिए। उनीपछि हाल कम्पनीका सिओओ डेब्रा क्रु सीइओका रुपमा कार्यभार सम्हाल्ने तय भैसकेको थियो।