बिहीबार सुनचाँदीको मूल्य घट्यो, सुन प्रतितोला १ लाख ११ हजार ७ सयमा किनबेच हुँदै

बिजमाण्डू
२०८० जेठ २५ गते ११:२५ | Jun 8, 2023
बिहीबार सुनचाँदीको मूल्य घट्यो, सुन प्रतितोला १ लाख ११ हजार ७ सयमा किनबेच हुँदै

काठमाडौं। सुनको मूल्य फेरि घटेको छ। अघिल्लो दिन बुधबारको भन्दा बिहीबार तोलामा एक हजार रुपैयाँले घटेको हो।बिहीबार सुनको बजार मूल्य प्रतितोला एक लाख ११ हजार ७ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
GBIME
Nepal Life

बुधबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला एक लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ। बिहीबार चाँदी प्रतितोला १४ सय १५ रुपैयाँ छ। बुधबार चाँदी प्रतितोला १४ सय २० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा पनि बिहीबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। बुधबार प्रतिऔंस १९५८.५२ अमेरिकी डलर रहेको सुन घट्दै बिहीबार १९४६.९४ डलरमा कारोबार भइरहेको छ। यसैगरी चाँदी पनि घटेर बिहीबार प्रतिऔंस २३.५९ डलर छ। बुधबार चाँदी प्रतिऔंस २३.४७ किनबेच भएको थियो।