आइपीओ जारी गर्न लागेको कान्तिपुर टेलिभिजनको व्यापार ९ महिनामा २१ करोड रुपैयाँभन्दा बढी

बिजमाण्डू
२०८० जेठ २५ गते ०८:५९ | Jun 8, 2023
आइपीओ जारी गर्न लागेको कान्तिपुर टेलिभिजनको व्यापार ९ महिनामा २१ करोड रुपैयाँभन्दा बढी


काठमाडौं। सर्वसाधारणलाई आइपीओ जारी गर्ने तयारी गरिरहेको कान्तिपुर टेलिभिजन नेटवर्कले सन् २०२२/२३ को ९ महिनामा २१ करोड १० लाख रुपैयाँको व्यापार गरेको छ। आर्थिक सुस्तताका कारण विज्ञापनबाट हुने आम्दानी घट्दा कम्पनीको व्यापार करिब २५ प्रतिशतले घटेको देखिन्छ।

Tata
GBIME
NLIC

कम्पनीले अघिल्लो वर्ष २०२१/२२ मा ३७ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो। कान्तिपुर टेलिभिजनले २०२०/२१ मा ३२ करोड ४० लाख, २०१९/२० मा ३१ करोड २० लाख र २०१८/१९ मा ३७ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो।
कम्पनीले कान्तिपुर टेलिभिजन र कान्तिपुर सिनेप्लेक्स एचडी दुईवटा च्यानल प्रसारण गरिरहेको छ।

कान्तिपुर टेलिभिजन नेटवर्क कान्तिपुर मिडिया ग्रुपअन्तर्गतको कम्पनी हो। ग्रुपअन्तर्गत टेलिभिजनसँगै दैनिक पत्रिका, अनलाइन, रेडियोलगायत अरु कम्पनी संचालनमा छन्।

कम्पनीमा ११ जनाको सेयर स्वामित्व छ। कम्पनीका प्रबन्ध निर्देशक कैलाश सिरोहियाको सबैभन्दा धेरै २९ प्रतिशत सेयर स्वामित्व छ। सन् २००० मा कान्तिपुर टेलिभिजन लिडिङ प्लेयरको रुपमा प्रसारण उद्योगमा आएको थियो। सन् २००३ देखि मात्रै कम्पनीले टेलिभिजन प्रसारण सुरु गरेको थियो।

रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई एनपी बी प्लस इसुअर रेटिङ दिएको छ।