विश्वव्यापी मागमा कमी आउदा चीनको निर्यात व्यापारमा ब्रेक, मे महिनामा ७.५ प्रतिशतले घट्यो

बिजमाण्डू
२०८० जेठ २४ गते १५:१२ | Jun 7, 2023
विश्वव्यापी मागमा कमी आउदा चीनको निर्यात व्यापारमा ब्रेक, मे महिनामा ७.५ प्रतिशतले घट्यो


काठमाडौं। विश्वव्यापी मागमा कमी आएपछि मे महिनामा चीनको निर्यात घटेको छ। साथै आयात पनि घटेको छ।

Tata
GBIME

अहिले चिनिया उत्पादकहरूले विदेशमा माग खोज्न संघर्ष गरिरहेका छन। यस्तै घरेलु उपभोग पनि सुस्त छ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्रको निर्यात मे महिनामा वार्षिक ७.५ प्रतिशतले घटेको छ। जुन जनवरीदेखिकै सबैभन्दा ठूलो गिरावट हो। तर, यो अप्रिलमा ८.५ प्रतिशतको वृद्धिमा स्विङ्ग भएको थियो। साथै आयात ४५ प्रतिशतमा संकुचित भएको छ। जुन अघिल्लो महिनाको ७.९ प्रतिशतभन्दा कम गिरावट हो।

अर्थशास्त्रीहरूले भने निर्यातमा ०.४ प्रतिशत गिरावट र आयातमा ८.० प्रतिशत गिरावटको पूर्वानुमान गरेका थिए।

कमजोर निर्यात प्रदर्शनले चिनियाँ सामानको कमजोर मागलाई प्रतिविम्बित गर्दछ। जसमा कमजोर आयात प्रदर्शनले चीनले निर्यातका लागि तयार गर्ने उत्पादनहरू एसेम्बल गर्न विदेशबाट पार्टपुर्जा र सामग्री ल्याउन कमी भएको बुझाउँछ।

दक्षिण कोरियाली तथ्यांकले गत हप्ता चीनमा ढुवानी २०.८ प्रतिशत घटेको देखाएको छ। चिनिया स्टकले पनि लाभ कम गरेको छ। अष्ट्रेलियाली डलर एक वस्तु मुद्रा हो जुन चिनियाा मागमा स्विंगको लागि अत्यधिक संवेदनशील छ।

‘कमजोर निर्यातले विश्व अर्थतन्त्र सुस्त हुँदा चीनले घरेलु मागमा भर पर्नु पर्ने कुरा पुष्टि गर्छ,’ पिनपोइन्ट एसेट म्यानेजमेन्टका प्रमुख अर्थशास्त्री झिवेई झाङले भने, ‘बाँकी वर्षमा घरेलु उपभोग बढाउन सरकारलाई थप दबाब छ। किनकि दोस्रो आधामा विश्वव्यापी माग अझ कमजोर हुने सम्भावना छ।’

चीनको कारखाना गतिविधि कमजोर मागका कारण मे महिनामा अपेक्षितभन्दा छिटो संकुचित भएको आधिकारिक खरीद प्रबन्धक सूचकांक (पीएमआई) ले गत हप्ता देखाएको छ।

पीएमआई उप-सूचकाङ्कहरूले कारखाना उत्पादन विस्तारबाट संकुचनमा आएको देखाएको छ। जबकी नयाँ निर्यातसहित नयाँ अर्डरहरू दोस्रो महिनाको लागि घटेको छ।

लगातार कमजोर विश्वव्यापी मागको बीचमा कारखाना उत्पादन सुस्त भइरहेको छ। जसका कारण पहिलो त्रैमासिकमा अपेक्षा गरिए अनुसार व्यापार नभएपछि कम्पनीहरुले अब बाँकी वर्षको लागि अर्थतन्त्रको लागि आफ्नो उत्पादनहरु घटाउँदै छन्।

सरकारले सन् २०२२ को लक्ष्य पूरा गर्न नसकेपछि यो वर्ष करिब ५ प्रतिशतको थोरै जीडीपी वृद्धि लक्ष्य राखेको छ।