स्रोत नखुलेको चार लाख बढी भारतीय रुपैयाँ समातियो, २२ वर्षीय युवामार्फत तस्करी

बिजमाण्डू
२०८० जेठ २४ गते १३:०९ | Jun 7, 2023
स्रोत नखुलेको चार लाख बढी भारतीय रुपैयाँ समातियो, २२ वर्षीय युवामार्फत तस्करी


बुटवल। कपिलवस्तु प्रहरीले स्रोत नखुलेको चार लाख बढी भारतीय रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दाङको राप्ती गाउँपालिका-३ का २२ वर्षीय राजकुमार पुन छन्।

Tata
GBIME

कृष्णनगर नगरपालिका-२ यात्रुगेट नजिकैबाट मंगलवार राति ९ बजेतिर ४ लाख १७ हजार भारुसहित पुनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका पुनको झोला जाँच गर्ने क्रममा भारतीय नोट फेला परेका हुन्।

भारतीय ५ सय दरका नोट ७ सय ९४ थान र २ सय दरका नोट एक सय थान फेला परेको डीएसपी घलेले बताए। उनलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।