सुनको मूल्यमा सामान्य बढोत्तरी, तीन दिनमा ११ सय बढ्यो, चाँदी स्थिर

बिजमाण्डू
२०८० जेठ २४ गते १२:४३ | Jun 7, 2023
सुनको मूल्यमा सामान्य बढोत्तरी, तीन दिनमा ११ सय बढ्यो, चाँदी स्थिर


काठमाडौं। सुनको मूल्यमा २ सयको बढोत्तरी छ। सोमबारका तुलनामा मंगलबार तोलामा ९ सय रुपैयाँ बढेर कारोबार मूल्य कायम भएको थियो। बुधबार कारोबार मूल्य प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँ छ।

Tata
GBIME

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिनका तुलनामा चौथो दिन सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँ बढेको छ। गत आइतबार प्रतितोला १ लाख ११ हजार ६ सयले कारोबार भएको थियो।

चाँदीको मूल्य तोलाको १४ सय २० रुपैयाँमा स्थिर छ। सोमबारका तुलनामा ५ रुपैयाँ बढेर मंगलबार उक्त मूल्य कायम भएको हो। साताको पहिलो र दोस्रो दिन तोलाको १४ सय १५ मा स्थिर थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा झिनो गिरावट छ। सोमबार १९४५.१३ डलर रहेकोमा मंगलबार बढेर प्रतिऔंस १९६०.९५ डलर पुगेको थियो। बुधबार सामान्य गिरावटसँगै १९५८.५२ डलर प्रतिऔंसले कारोबार भइरहेको छ।

चाँदीमा पनि घटबढ छ। सोमबार र मंगलबार प्रतिऔंस २३.६५ डलरले कारोबार भएको चाँदी बुधबार २३.४७ डलर छ।