बिरामीबाट लिएको शुल्क कम देखाएर अढाई करोड ठग्ने मेडिसिटीका तीन कर्मचारी पक्राउ

बिजमाण्डू
२०८० जेठ २४ गते १२:३० | Jun 7, 2023
बिरामीबाट लिएको शुल्क कम देखाएर अढाई करोड ठग्ने मेडिसिटीका तीन कर्मचारी पक्राउ

काठमाडौं। अस्पतालको लाखौं रुपैयाँ ठगी गरेको आरोपमा तीन जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ।

Tata
GBIME
Nepal Life

जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले नेपाल मेडिसिटी अस्पताल नख्खु ललितपुरमा बिलिङ सेक्सनमा काम गर्ने कर्मचारीलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा दोलखा भिमेश्वर-४ का ३४ वर्षीय राघव सापकोटा, ललितपुर गोदावरी-११ चापागाउँ बस्ने  २९ वर्षीय सनम देशार र काठमाडौं बालुवाटार बस्ने ३४ वर्षीय आशिष अर्याल छन्।

उनीहरुले अस्पतालमा प्रयोग हुँदै आएको शुक्र नामको सफ्टवेयरको दुरुपयोग गरी बिरामीहरुबाट बेड, डाक्टर चार्ज र नर्सिङ चार्जसमेतमा लिएको शुल्क भन्दा कम सिस्टममा चढाएर ठगी गरेको अनुसन्धानमा खुलेको हो।

अस्पतालले ठगीको जानकारी प्रहरीलाई गराएपछि अनुसन्धान थालेको थियो। उनीहरुले २ करोड ६३ लाख ५५ हजार १ रुपैयाँ ठगी गरेको खुलेको छ।

अपराधिक लाभ तथा अपराधिक विश्वासघात सम्बन्धी कसुर मुद्दामा ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरि अनुसन्धान भइरहेको छ।