
काठमाडौं। अपर लोहरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ निष्कासन तथा बिक्रीको अन्तिम स्वीकृति पाएको छ।
धितोपत्र बोर्डमा आवेदन दिएको करिब ८ महिनापछि मंगलबार निष्कासनको अन्तिम स्वीकृति प्राप्त गरेको हो। कम्पनीले गत असोज ३ गते सेयर निष्कासनका लागि बोर्डमा निवेदन दिएको थियो।
कम्पनीले जारी पुँजीको ४९ प्रतिशत साधारण सेयर निष्कासनको अनुमति प्राप्त गरेको हो। कम्पनीको ५१ प्रतिशत पुँजी संस्थापक सेयरधनीहरुबाट नै चुक्ता भइसकेको छ।
कम्पनीले २४ करोड ९८ लाख ४ हजार बराबरको २४ लाख ९८ हजार ४० कित्ता सेयर निष्कासन गर्ने तयारी भइरहेको जनाएको छ। कम्पनीले आइपीओ प्रतिकित्ता १०० रुपैयाँका दरले बिक्री गर्ने छ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल छ।
कम्पनीले कर्णाली प्रदेशको दैलेख जिल्लामा ४ मेगावटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ। यो ‘रन अफ द रिभर’ मा आधारित आयोजना हो।