प्रचण्ड र मोदीले उद्घाटन गरे ‘कुर्था-बिजालपुर’ रेलवे खण्डको ‘इ-प्लान’, कार्गो रेल पनि सुरु

बिजमाण्डू
२०८० जेठ १८ गते १३:२२ | Jun 1, 2023
प्रचण्ड र मोदीले उद्घाटन गरे ‘कुर्था-बिजालपुर’ रेलवे खण्डको ‘इ-प्लान’, कार्गो रेल पनि सुरु


काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘कुर्था-बिजालपुर’ रेलवे खण्ड ‘इ-प्लान’को उद्घाटन गरेका छन्।

Tata
GBIME

द्विपक्षीय वार्तापछि हैदरावाद हाउसमा भएको संयुक्त पत्रकार सम्मेलनका क्रममा सो रेलवे खण्डको योजनाको उद्घाटन गरिएको हो।

यस्तै, दुवै प्रधानमन्त्रीले भारतको बथनाहदेखि नेपालको भन्सार र्‍यार्डमा चल्ने इन्डियन रेलवे कार्गो ट्रेनको पनि सुरुवात गरेका छन्।

यस्तै, नौली भैरहवा एकीकृत भन्सार जाँचचौकी शिलान्यास, पनि गरिएको छ। साथै, नेपालगंज रूपैडिया एकीकृत भन्सार जाँच चौकी पनि दुवै प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गरेका छन्।

यस्तै, द्विपक्षीय वार्तामा विभिन्न सम्झौताहरु भएका छन्। दुवै प्रधानमन्त्रीको उपस्थितिमा सम्झौताहरुको आदानप्रदान गरिएको छ।