साना करदातालाई सुविधाः चार चार महिनामा कर र सोको विवरण पेस गरे हुने

बिजमाण्डू
२०८० जेठ १५ गते १९:२१ | May 29, 2023
साना करदातालाई सुविधाः चार चार महिनामा कर र सोको विवरण पेस गरे हुने


काठमाडौं। सरकारले साना करदातालाई सुविधा दिने नीति ल्याएको छ।

Tata
GBIME

आगामी आर्थिक वर्षको बजेटमा सरकारले मूल्य अभिवृद्धि करमा दर्ता भई वार्षिक एक करोड रूपैयाँसम्मको कारोबार गर्ने करदाताले अबदेखि चार/चार महिनामा पेस गर्ने व्यवस्था गरेको छ।

यसअघि हाल हरेक महिना कर र सोको विवरण पेस गर्ने व्यवस्था रहेको थियो। कर सहभागिता लागत र समय घटाई साना करदातालाई सुविधा दिने व्यवस्था सरकारले ल्याएको छ।