नेपाल टेलिकमलाई उछिन्दै विद्युत प्राधिकरणले धेरै नाफा कमायो, टेलिकमभन्दा झण्डै ५ अर्ब बढी मुनाफा

उन्नत सापकोटा
२०८० जेठ १४ गते १५:४३ | May 28, 2023
नेपाल टेलिकमलाई उछिन्दै विद्युत प्राधिकरणले धेरै नाफा कमायो, टेलिकमभन्दा झण्डै ५ अर्ब बढी मुनाफा

काठमाडौं। नेपाल टेलिकमलाई उछिन्दै नेपाल विद्युत प्राधिकरणले बढी नाफा आर्जन गरेको छ। प्राधिकरणले आर्थिक वर्ष २०७८/७९ मा १३ अर्ब ३७ करोड खुदनाफा कमाउँदा टेलिकम ८ अर्ब ४७ करोड रुपैयाँमा सीमित भएको छ।

Tata
GBIME
Nepal Life

अघिल्लो आव मा टेलिकमले सर्वाधिक खुदनाफा कमाएको थियो। त्यसैगरी, राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब २९ करोड, नागरिक लगानी कोषले ३ अर्ब १० करोड र निक्षेप तथा कर्जा सुरक्षण कोषले ३ अर्ब रुपैयाँ बढी खुदनाफा आर्जन गरेको छ।

नाफा कमाउने यी शीर्ष पाँच सार्वजनिक संस्थाले आव २०७९/८० मा कुल ३२ अर्ब २५ करोड रुपैयाँ खुदनाफा कमाएका छन्। शीर्ष पाँच बढी नाफा कमाउने संस्थानको सूचीबाट आव २०७९/८० मा नेपाल बैंक र कृषि विकास बैंक बाहिरिएका छन्।

त्यसैगरी, सबैभन्दा बढी घाटामा नेपाल आयल निगम गएको छ। निगम आव २०७८/७९ मा ३८ अर्ब १७ करोड रुपैयाँ घाटामा गएको छ। नेपाल वायुसेवा निगम १७ अर्ब, नेपाल खानेपानी संस्थान ३९ करोड, दुग्ध विकास संस्थान ३७ करोड र नेपाल औषधि लिमिटेड १३ करोड रुपैयाँ घाटामा गएको छ। यी पाँच कम्पनी कुल ४० अर्ब ७८ करोड रुपैयाँ घाटामा छन्।

कुन सार्वजनिक संस्था नाफा घाटामा?