आइएमई पेको ‘रु १ मा के, सामसङ इन आइएमई पे’ अफर, स्मार्टफोन जित्‍ने मौका

बिजमाण्डू
२०८० जेठ ११ गते १५:०७ | May 25, 2023
आइएमई पेको ‘रु १ मा के, सामसङ इन आइएमई पे’ अफर, स्मार्टफोन जित्‍ने मौका

काठमाडौं। आइएमई पेले ‘रु १ मा के, सामसङ इन आइएमई पे’ नामक खेल आफ्नो एपमा सार्वजनिक गरेको छ। जेठ १० देखि १७ गतेसम्म उक्त अफर संचालन हुनेछ।

Tata
GBIME
Nepal Life

आइएमई पेका सम्पूर्ण प्रयोगकर्ताहरूले केबल रु. १ मा सो खेल खेली सामसङको ग्यालेक्सी ए-१४ फाइभजी स्मार्टफोन जित्ने मौका पाउन सक्ने कम्पनीले जनाएको छ।

प्रयोगकर्ताहरुले यो खेल आइएमई पे एपको होमपेजमा ‘रु १ मा के’ ब्यानरमा गइ खेल्न सक्ने छन्। एक हप्ते अफरमा प्रयोगकर्ताहरुले धेरै पटक रु. १ तिरी सो खेल खेल्न सक्ने बताइएको छ।

अफरको अन्त्यमा १ भाग्यशाली विजेताको घोषणा आइएमई पेको सामाजिक सन्जाल मार्फत हुने कम्पनीले जनाएको छ। साथै यस अफरको अन्त्यमा अन्य सम्पूर्ण सहभागीहरूको पैसा फिर्ता पनि गरिने जानकारी कम्पनीले गरेको छ।