
काठमाडौं। तीन कम्पनी मर्ज भएर बनेको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको व्यतीत बीमालेख नवीकरण गराउँदा लाग्ने बिलम्व शुल्कमा छुट पाइने भएको छ।
साविकको प्राइम, गुराँस र युनियन लाइफबाट विभिन्न मितिमा बीमा गराई व्यतीत भएका बीमालेखहरुमा बीमाशुल्कको ब्याज र जरिवानामा छुट सुविधा दिएको कम्पनीले जनाएको छ।
कम्पनीले आर्थिक वर्ष २०८० जेठ मसान्तसमम्मा व्यतीत भएका बीमालेख नवीकरण गर्दा छुटको व्यवस्था गरेको हो।
कम्पनीले एक वर्षदेखि माथि ३ वर्षसम्मको बीमालेख नवीकरण गराउँदा लाग्ने ब्याज वा जरिवानामा शतप्रतिशत छुट दिएको छ। यसैगरी ३ वर्षदेखि ७ वर्षसम्म ५० प्रतिशत छुट र ७ वर्ष माथिदेखि जतिसुकै अवधिको बीमालेखमा २५ प्रतिशत छुटको व्यवस्था गरेको जनाएको छ।
यस किसिमको व्यतीत बीमालेख नवीकरण गर्दा दिइएको छुट सुविधा बीमा अवधिभर एक पटकमात्र प्रदान गरिने कम्पनीले जनाएको छ।