‘सबैको लघुवित्त’को नाफामा भारी गिरावट, प्रति सेयर आम्दानी पनि घट्यो

बिजमाण्डू
२०८० बैशाख ३१ गते १३:०४ | May 14, 2023
‘सबैको लघुवित्त’को नाफामा भारी गिरावट, प्रति सेयर आम्दानी पनि घट्यो

काठमाडौं। निष्क्रिय कर्जा अनुपात (एनपीएल) बढ्दा सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा भारी गिरावट आएको छ। चालु आर्थिक वर्ष चैत मसान्तसम्मको वित्तीय विवरणअनुसार निष्क्रिय कर्जा अनुपात बढेर ६.७४ प्रतिशत पुगेको छ।

Tata
GBIME
Nepal Life

तनहुँको डुम्रेमा केन्द्रीय कार्यालय रहेको लघुवित्तले चैत मसान्तसम्म १ करोड ५६ लाख खुद नाफा कमाएको छ। जुन गत आवको सोही अवधिको तुलनामा ७८ प्रतिशतले कम हो। गत आवको चैत मसान्तसम्म संस्थाले ७ करोड १५ लाख खुद नाफा कमाएको थियो।

लघुवित्तका अनुसार ब्याजदरमा भएको वृद्धि र तरलता अभावले लक्ष्य अनुसारको कर्जा विस्तार गर्न नसक्नुका साथै प्रशासनिक खर्च तथा बैंकहरुबाट लिइएको ऋणको ब्याजदर बढ्दा नाफा बढ्न नसकेको हो। यसका साथै खुद ब्याज आम्दानी तथा संचालन नाफामा गिरावट छ।

यस अवधिसम्म निष्क्रिय कर्जा अनुपात बढेर ६.७४ पुगेको छ। गत वर्ष सोही अवधिमा लघुवित्तको निष्क्रिय कर्जा अनुपात १.३३ रुपैयाँ थियो।

नाफा बढ्न नसक्दा लघुवित्तको प्रति सेयर आम्दानी घटेको छ। गत वर्षको चैत मसान्तसम्म ३५.३३ रुपैयाँ रहेको प्रति सेयर आम्दानी घटेर ७.७२ रुपैयाँमा झरेको हो।

हाल लघुवित्तको चुक्ता पुँजी २७ करोड छ। सञ्चित मुनाफा ७ करोड ५५ लाख छ भने जगेडा कोषमा ८ करोड रकम छ। गत चैतसम्म लघुवित्तले १ अर्ब ३२ करोड निक्षेप संकलन गरेको छ।