उद्योगी राजेशबाबु श्रेष्ठले पाए अष्ट्रियाका राष्ट्रपतिबाट दिइने अनररी अफ सिल्भर सम्मान



२०८० बैशाख २५ गते १३:०१
उद्योगी राजेशबाबु श्रेष्ठले पाए अष्ट्रियाका राष्ट्रपतिबाट दिइने अनररी अफ सिल्भर सम्मान


काठमाडौं उद्योगी राजेशबाबु श्रेष्ठले अष्ट्रियाको ‘अनररी अफ सिल्भर’ सम्मान पाएका छन्। यो अष्ट्रियाको राष्ट्रपतिबाट प्रदान गरिने अवार्ड हो। उनी मनकामना केबलकारका कार्यकारी निर्देशक हुन्।

Tata
GBIME

नेपाल-अष्ट्रियाबीचको सम्बन्ध विस्तारमा महत्त्वपूर्ण भूमिका खेलेको आधारमा श्रेष्ठलाई यो सम्मान दिइएको हो।

आइतबार एक कार्यक्रमबीच नेपालका लागि अष्ट्रियाका राजदूत क्याथरिना विजरले सो अवार्ड हस्तान्तरण गरिन्। श्रेष्ठ अष्ट्रियाका लागि नेपालको महावाणिज्यदूत हुन्।

यसअघि अष्ट्रियाले अनरी अफ गोल्ड दिएको थियो। त्यो अवार्ड राजेशबाबुकै बाबु लक्ष्मणबाबु श्रेष्ठले पाएका थिए। आइतबार भएको कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थिति थियो।

 कार्यक्रममा राजेशबाबुले अष्ट्रियाबाट पूर्वाधार विकासमा धेरै कुरा सिक्न सकिने बताए। ‘नेपाल-अष्ट्रियाबीच धेरै समानताहरु छन्। तर अष्ट्रियाले आर्थिक विकासमा ठूलो फड्को मारिसकेको छ,’ उनले भने, ‘पहाडको पूर्वाधार विकास र जलविद्युतमा उसको प्रगति उत्साहजनक भएरनै आर्थिक समृद्धि हासिल गरेको हो।’ उनले कोभिडका बेलामा चार लाख भ्याक्सिन सहयोग गरेको बताउँदै पाटन म्युजियम र गार्डेन अफ ड्रिम्समा समेत सहयोग गरेको बताए।