
काठमाडौं। हुन्डाई मोटर इन्डियाले आफ्नो चर्चित मोडल क्रेटालाई इलेक्ट्रिकमा पनि ल्याउने तयारी गरेको छ।
भारतीय संचारमाध्यमका अनुसार हुन्डाईले इलेक्ट्रिकमा ल्याउन लागिएको क्रेटालाई ‘टेष्टिङ’ गरिएको छ।
हुन्डाईले ल्याउन लागेको इभी लाइनअपअन्तर्गतको हुन्डाई क्रेटा इलेक्ट्रिक यो समय समय डेभलपमेन्ट फेजमै रहेको बताइएको छ। कम्पनीले यस गाडीको बारेमा थप जानकारी सार्वजनिक गरेको छैन।
मिडिया रिपोर्टका अनुसार टेस्टिङ गरिएको उक्त क्रेटामा साउन्ड र रेडिएटरहरू देखाइएको छैन। बैंगलोर एक्प्रेस-वेमा उक्त गाडी क्रेटा इभीको परीक्षण भएको बताइएको छ।
यसैगरी सेल्टोसको पनि इलेक्ट्रिक भर्सन बनाउने योजना सार्वजनिक भएको छ।
लोकप्रियता र माग अनुसार यी दुबै गाडीका मोडलहरुले इलेक्ट्रिक सवारीको बजारमा महत्वपूर्ण भूमिका खेल्ने जनाइएको छ।
हुन्डाई क्रेटा इलेक्ट्रिकको सिरिज प्रोडक्सन सन् २०२४ को अन्त्यसम्म सुरु हुन सक्ने अनुमान गरिएको छ। यसलाई सन् २०२५ मा हुने अटो एक्स्पोमा शोकेस गर्ने योजना रहेको बताइएको छ।