सुनकोशी मरिन डाइभर्सनको सुरुङ खन्ने काम सुरु, टीबीएम मेशिन २६ दिनपछि पुन: संचालनमा आयो

बिजमाण्डू
२०८० बैशाख १४ गते ०८:४० | Apr 27, 2023
सुनकोशी मरिन डाइभर्सनको सुरुङ खन्ने काम सुरु, टीबीएम मेशिन २६ दिनपछि पुन: संचालनमा आयो


Tata
GBIME
NLIC

काठमाडौं। सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको टनेल बोरिङ मेसिन (टीबीएम) पुरिँदा बन्द भएको सुरुङ खन्ने काम २६ दिनपछि सुचारु भएको छ।

सुक्खा माटो खसेर टीबीएम मेसिन पुरिदा सुनकोशी मरिनको सुरुङ खन्ने काम २६ दिनदेखि ठप्प थियो।

सुक्खा माटो खसेर पुरिएको टीबीएम मेसिन निकालिएको र आज राति बाट सुरुङ खन्ने काम सुचारु भएको आयोजनाका प्रमुख मित्र बरालले बताए। अहिले सबै समस्या हल भएर सुरुङ खन्ने काम सहज भएको उनको भनाइ छ।

‘टीबीएम पुरिएपछि निकाल्न बाइपास सुरुङ साइडबाट खनिएको थियो। त्यसका लागि केही समय लागेकोले सुरुङ खन्ने काम सुचारु हुन ढिला भएको हो,’ उनले भने, ‘तर अब हाम्रो सुरुङ खन्ने काम पहिले कै जस्तै तिब्र गतिमा हुन्छ। हामीले दैनिक उक्त मेसिनबाट २५ मिटरको सुरुङ खनिरहेका छौं।

अहिलेसम्म ४.६६ किलोमिटर सुरुङ खनिसकिएको छ। तर मेसिन पुरिँदा सुरुङ खन्ने काममा केही ढिलाइ भएको उनले बताए।