सांग्रिला बैंकको १० हजार ७७३ कित्ता संस्थापक सेयर बिक्रीमा, सुरुको प्राथमिकता संस्थापकलाई नै

बिजमाण्डू
२०८० बैशाख ११ गते ०९:१७ | Apr 24, 2023
सांग्रिला बैंकको १० हजार ७७३ कित्ता संस्थापक सेयर बिक्रीमा, सुरुको प्राथमिकता संस्थापकलाई नै

काठमाडौं। सांग्रिला बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ। बैंकका संस्थापकले १० हजार ७७३ कित्ता सेयर बेच्न निवेदन दिएका हुन्। 

Tata
GBIME

सेयर खरिद गर्न विद्यमान संस्थापकलाई नै पहिलो प्राथमिकता दिइएको छ। इच्छुकले आगामी ३५ दिनमा निवेदन बुझाउन सक्नेछन्।

के कति कित्ता कति मूल्यमा किन्ने व्यहोरासहित निवेदन दिन बैंकले जनाएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बैंकको संस्थापक सेयर पछिल्लो पटक १५७ रुपैयाँ प्रति कित्ताका दरले किनबेच भएको थियो।

तोकिएको म्यादसम्म निवेदन नआए बैंकले सर्वसाधारण तथा कुनै पनि इच्छुक संस्थालाई सेयर बिक्री गर्ने जनाएको छ।