एफएनसीसीआइ चुनाव जारी, दिउँसो २ बजेपछि मत खस्ने क्रम ह्‍वात्तै बढ्यो

बिजमाण्डू
२०७९ चैत्र २९ गते १५:५४ | Apr 12, 2023
एफएनसीसीआइ चुनाव जारी, दिउँसो २ बजेपछि मत खस्ने क्रम ह्‍वात्तै बढ्यो

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा २ बजे अघिसम्म सुस्त रहेको मतदान त्यसपछि भने केही गति लिएको छ।

Tata
GBIME
Nepal Life

पछिल्लो तथ्यांकअनुसार जिल्ला-नगरका ११७ मतदातामध्ये १०० भोट खसेको छ। वस्तुगततर्फ १२३ मतदातामा १०० जनाले मतदान गरेका छन्। १ हजार ७ सय ५० मतदाता रहेको एसोसिएटतर्फ भने ८ सय भोट खसिसकेको छ।

मतदान सुरु भएको ३ घन्टामा जिल्ला-नगरतर्फ ३५ भोट खसेको थियो। वस्तुगततर्फ ९७ जनाले मतदान गरेका थिए। एसोसिएटतर्फ ४ सय भोट खसेको थियो।

प्रज्ञा भवन कमलादीमा मतदान जारी छ। ५७औं साधारणसभाको दोस्रो दिन वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष, कार्यकारिणी सदस्यलगायतका लागि मतदान भइरहेको हो।

२ बजेअघिसम्म मतदान सुस्त हुनुमा जिल्ला-नगरमा चलिरहेको मोलमोलाइका कारण भएको केही मतदाताले बताएका थिए। ‘मत माग्ने उम्मेदवारसँग मतदाताको बार्गेनिङ भइरहँदा ढिलो भोट हाल्न जाँदैछन्,’ मतदानको लाइनमा बसेका एक जनाले भने।