एसएमई प्लेटफर्मको खाका बिहीबार सार्वजनिक गर्ने सेबोन अध्यक्ष हमालको घोषणा

बिजमाण्डू
२०७९ चैत्र १५ गते २१:२० | Mar 29, 2023
एसएमई प्लेटफर्मको खाका बिहीबार सार्वजनिक गर्ने सेबोन अध्यक्ष हमालको घोषणा


काठमाडौं। नेपाल धितोपत्र बोर्डले एसएमई प्लेटफर्मको खाका विहीबार सार्वजनिक गर्ने भएको छ।

Tata
GBIME
NLIC

बोर्डका कार्यकारी अध्यक्ष रमेशकुमार हमालले साना कम्पनीहरुको कारोबारका लागि तयारी गरिएको प्लेट फर्म अर्थात एसएमई प्लेटफर्मको खाका सार्वजनिक गर्ने बताएका हुन्।

‘विहीबार बिहान १० बजे बोर्डको आधिकारिक वेबसाइटमार्फत एसएमई प्लेटफर्मको खाका सार्वजनिक गर्दछौं। साना तथा मझौला कम्पनीहरुका लागि एउटा अनुकुल वातावरण बनोस् र अहिले सबै कम्पनीहरु एउटै वास्केटमा राखेर अन्योलता नहोस् भन्ने हामीले चाहेका हौं,’ उनले भने।