वायुसेवा निगमको ताप्लेजुङ-काठमाडौं उडान शंकास्पद, चालकदल सहित ६ जना ग्राउण्डेड

बिजमाण्डू
२०७९ चैत्र ७ गते १८:३७ | Mar 21, 2023
वायुसेवा निगमको ताप्लेजुङ-काठमाडौं उडान शंकास्पद, चालकदल सहित ६ जना ग्राउण्डेड


काठमाडौं। नागरिक उड्डयन प्राधिकरणले ताप्लेजुङ-काठमाडौं उडानमा शंकास्पद गतिविधि देखिएको भन्दै नेपाल वायुसेवा निगमको ६ जना कर्मचारीलाई ग्राउण्डेड गरेको छ।

Tata
GBIME
Nepal Life

तोकिएको वजन भन्दा बढी र लैङ्गिक आधारमा संख्याको आँकडा ननिकालेको जनाउँदै प्राधिकरणले अन्तर्गत हवाई सुरक्षा विभागले कारवाही अगाडि बढाएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए।

‘सोमबार विहानको ९ एन-एबीटी कलसाइनको जहाजमा तोकिएभन्दा एक सय पाँच टन वजन बढी देखाएको जानकारी आएको थियो। सवार १५ जना यात्रु मध्ये ६ जना पुरुष र ९ जना महिला थिए। तर ग्राउण्ड स्टाफले हेर्दा ७ जना पुरुष भेटिएपछि ६ जना कर्मचारीलाई ग्राउण्डेड गरेका हौं।’

निगमका ती कर्मचारीसँग वयान लगायतका अनुसन्धान सुरु हुने उनले बताए।