काठमाडौं। बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण सेयर निष्कासन गरेको छ ।
कम्पनीले आजदेखि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीका लागि साधारण सेयर बिक्री खुला गरेको हो ।
कम्पनीले प्रतिकित्ता एक सय अङ्कित दरमा नौ हजार सात सय कित्ता साधारण सेयर प्राथमिक सार्वजनिक निष्कासन(आइपिओ) बिक्री खुला गरेको सार्वजनिक आह्वानपत्रमा उल्लेख छ ।
निष्कासित सेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आगामी फागुन ८ गतेसम्म अधिकतम एक हजार कित्तासम्म सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रवद्र्धक मेगा क्यापिटल मार्केटस् लिमिटेड रहेको छ भने कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एन्पी आई आर बिबी माइनस्’ प्रमाणपत्र प्रदान गरेको छ ।