आइपीओ र ऋणपत्र आवेदन दिने दर्जन कम्पनीसँग मागिएको थियो पैसा



२०७९ माघ १६ गते १६:५७
आइपीओ र ऋणपत्र आवेदन दिने दर्जन कम्पनीसँग मागिएको थियो पैसा


काठमाडौं। केही महिनाअघि एक वाणिज्य बैंकले ऋणपत्रका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दियो। आवेदन दिएको लामो समयसम्म पनि अनुमति नपाएपछि मर्चेन्ट बैंकरका प्रतिनिधि बोर्ड पुगे।

TATA
GBIME

बोर्ड पुगेको केही दिनमै अध्यक्ष रमेशकुमार हमालको नजिकको व्यक्ति भन्दै भेट्न चाहे। हमालको विचौलिया बनेर पैसा उठाइरहेका त्यही व्यक्तिले ऋणपत्रका लागि एक करोड माग गरे। त्यो पनि मर्चेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतको मोबाइलमा टेक्स्ट गरेर।

एक करोड रुपैयाँ दिन नसक्ने जानकारी दिएपछि ४० लाख रुपैयाँको दोस्रो म्यासेज आयो। ऋणपत्र निष्काशनका लागि बैंकका प्रमुख कार्यकारी अधिकृतले मर्चेन्ट बैंकका सीइओलाई दबाब दिए।

बोर्डबाट आएको वार्गेनिङका बारेमा जानकारी दिए। त्यसपछि माग अनुसार केही रकम दिएरै भएपनि ऋणपत्र स्वीकृत गराउने निर्णयमा बैंक पुग्यो। स्रोतका अनुसार केही दिन अघि पैसा बुझाएपछि त्यो बैंकको ऋणपत्र बोर्डमा स्वीकृत भएको छ।

बोर्डमा आइपीओ, बुक विल्डिङ, प्रिमियमका लागि आवेदन दिएका सबैजसो कम्पनीसँग पैसा मागिएको छ। बिजमाण्डूमा हमालले आवेदन दिएका कम्पनीसँग करोडौं रकम मागेको समाचार आएपछि सम्पर्कमा आएका कम्पनीका संचालकले रकम मागेको बताएका हुन्।

बोर्डमा कुल ६ वटा कम्पनीले प्रिमियम मूल्यमा प्राथमिक सेयर निष्कासन गर्न निवेदन दिएका छन्। बोर्डमा रिलायबल इन्स्योरेन्स, भगवती हाइड्रोपावर, मान्डु हाइड्रोपावर र घोराही सिमेन्टले प्रिमियममा सेयर निष्काशन गर्न चाहेका थिए।

जसमध्ये सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिलले बुक बिल्डिङ विधिबाटै आइपीओ निष्कासन गर्न चाहेका छन्। ९ वटा बैंक ऋणपत्रको स्वीकृति नपाएर तनावमा छन्।

हमालले यी प्रिमियममा र बुक बिल्डिङ मार्फत् आइपीओ जारी गर्न इच्छुक कम्पनीलाई आफ्ना विचौलिया प्रयोग गरी रकम मागेका हुन्।

रकम लेनदेनमा कुरा नमिलेपछि बुक बिल्डिङमा गएका कम्पनीको प्रक्रिया नै अगाडि बढेको थिएन।


Sunrise Bank
बोर्डमा आवेदन दिएका कम्पनी। यसमध्ये अधिकांससँग पैसाको डिल गरिएको छ। यसअघि स्वीकृत भसकेकोसँग पनि पैसाको डिल भएको थियो।