भारतमा फाइभ जी विशेष योजना ल्याउने पहिलो टेलिकम बन्यो मुकेश अम्बानीको जियो  

बिजमाण्डू
२०७९ पुष २६ गते ०९:३६ | Jan 10, 2023
भारतमा फाइभ जी विशेष योजना ल्याउने पहिलो टेलिकम बन्यो मुकेश अम्बानीको जियो  


काठमाडौं। रिलायन्स जियो इन्फोकमले फाइव-जी विशेष योजना ल्याएको छ। यो संगै मुकेश अम्बानीको रिलायन्स इंडस्ट्रीज अन्तर्गतको जियो इन्फोकम भारतको फाइव-जी विशेष योजना सार्वजनिक गर्ने पहिलो टेलिकम भएको छ।

Tata
GBIME
NLIC

जियोले ६ जीबी डाटा प्रदान गर्ने ६१ डाटा टप-अप योजनाको साथ फाइव-जी-विशेष योजना प्रस्तुत गरेको छ। 

यसका साथै, जियोले आफ्नो फाइव-जी वेल्कम अफर भारतको ८५ शहरहरूमा सबै ग्राहकहरूका लागि खुलाएको छ। यस अतिरिक्त सोमबार यसको कभरेजमा १० नयाँ शहरहरू थपिएको छ।

 यसमा आगरा, कानपुर, मेरठ, प्रयागराज, (उत्तर प्रदेश), तिरुपति, नेल्लोर (आंध्र प्रदेश), कोझिकोड, त्रिशूर (केरला), नागपुर, अहमदनगर (महाराष्ट्र) समावेश छन्।

यस अघिसम्म, ‘२३९ र त्यस माथिको बेस प्याक र फाइव-जी चल्ने डिभाइस  भएका प्रयोगकर्ताहरूले मात्र वेल्कम अफर प्राप्त गर्न सक्थे। (इकोनोमिकटाइम्सबाट साभार)