नेपाल डिस्टिलरिज ४० युपीको मदिरामा प्रवेश, ल्यायो नयाँ मदिरा ‘कर्दा ट्रिपल एक्स’ बजारमा

बिजमाण्डू
२०७९ पुष ६ गते १४:१२ | Dec 21, 2022
नेपाल डिस्टिलरिज ४० युपीको मदिरामा प्रवेश, ल्यायो नयाँ मदिरा ‘कर्दा ट्रिपल एक्स’ बजारमा


काठमाडौं। ‘दि नेपाल डिस्टिलरिज’ ४० युपी सेगमेन्टको मदिरामा प्रवेश गरेको छ।

Tata
GBIME

लामो समयदेखि २५ युपी र ३० युपीको रम तथा मदिरा उत्पादन गर्दै आएको कम्पनीले ४० युपीको नयाँ उत्पादन ‘कर्दा ट्रिपल एक्स’ बजारमा ल्याएको हो।

यो ४० युपी सेगमेन्टमा नेपाली बजारमा उपलब्धमध्ये कै स्तरीय मदिरा रहेको ‘दि नेपाल डिस्टिलरिज’का महाप्रबन्धक शुभाष लामिछानेले जानकारी दिए।

उनका अनुसार ग्राहकको यो सेगमेन्टका मदिराप्रति पछिल्लो समय बढेको आकर्षणलाई सम्बोधन गर्दै कम्पनीले ‘कर्दा ट्रिपल एक्स’ बजारमा ल्याएको हो। यसमा अल्कोहलको मात्रा २५ र ३० युपीको मदिरामा भन्दा कम हुन्छ।

रम फ्लेबरको यो मदिरा तातोपानी वा कोलासँग मिसाएर खान मिल्छ। यो मदिरा ७५० एमएल, ३७५ र १८० एमएलको प्याकेजिङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।