संसदीय दलको नेतामा देउवाको प्रस्तावक बने रामचन्द्र पौडेल, ‘देउवा नै सर्वसम्मत हुनुपर्छ’

बिजमाण्डू
२०७९ पुष ५ गते १४:२४ | Dec 20, 2022
संसदीय दलको नेतामा देउवाको प्रस्तावक बने रामचन्द्र पौडेल, ‘देउवा नै सर्वसम्मत हुनुपर्छ’


काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको संसदीय दल नेतामा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रस्ताव गर्ने बताएका छन्। मंगलवार सिंहदरबारमा संसदीय दलको नेताको मनोनयनका लागि पुगेका पौडेलले सञ्चारकर्मीसँग उक्त प्रतिक्रिया दिएका हुन्।

Tata
GBIME

अहिलेको अवस्थामा देउवालाई सर्वसम्मत संसदीय दलको नेतामा चुन्नुपर्ने पौडेलको भनाइ छ। देउवा मनोनयनका लागि सिंहदरबार पुगिसकेका छन्। छन्। देउवा दलबलसहित दिउँसो २ बजे सिंहदरबार पुगेका हुन्।

कांग्रेस संसदीय दलमा संस्थापनइतरबाट महामन्त्री गगन थापाले उम्मेदवारी दिँदैछन्। ८९ सांसद रहेको कांग्रेसमा संसदीय दलको नेता बन्न ४५ मत भए पुग्छ।

अहिलेको समीकरण हेर्दा देउवा पक्षमा ५२ सांसद छन् भने शेखर पक्षमा २४ सांसद छन्। बाँकी सांसद वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह र डा शशांक कोइराला पक्षमा रहेका छन्।