सामाजिक तथा आर्थिक रुपमा महिलालाई सबल बनाउन महालक्ष्मी लाइफको महिला सशक्तिकरण कार्यक्रम

बिजमाण्डू
२०७९ पुष ५ गते १२:११ | Dec 20, 2022
सामाजिक तथा आर्थिक रुपमा महिलालाई सबल बनाउन महालक्ष्मी लाइफको महिला सशक्तिकरण कार्यक्रम


काठमाडौं। महालक्ष्मी लाइफ इन्स्योरेन्सले महिला सशक्तिकरणमा महालक्ष्मी लाइफ कार्यक्रम सुरु गरेको छ। सामाजिक तथा आर्थिक रुपले पिछडिएका महिलाको उत्थान गर्न इन्स्योरेन्सले कार्यक्रम सञ्चालन गरेको जनाएको छ।

Tata
GBIME

उनीहरुलाई अगाडि बढाउन कार्यक्रम फलदायी साबित हुने विश्वास कम्पनीको छ। कार्यक्रममा इन्स्योरेन्सका सीइओ रमेशकुमार भट्टराईले महिलालाई सक्षम र आर्थिक रुपमा सबल नबनाइ मुलुक अघि बढ्न नसक्ने बताए।

कार्यक्रमले महिलाहरुलाई शीपमूलक तालिम दिइ रोजगारीमार्फत आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ। चालु आर्थिक वर्षभित्र कार्यक्रम ३० वटा जिल्लामा सञ्चालन हुने कम्पनीले जनाएको छ। 

कार्यक्रममार्फत इन्स्योरेन्सले ६० जना महिलालाई प्रत्यक्ष र तीन हजार बढीलाई अप्रत्यक्ष रोजगारी दिने लक्ष्य लिएको छ।