काठमाडौं। शिवम् सिमेन्टले साधारण सभा डाकेको छ। कम्पनीले लाभांश वितरण सम्बन्धि प्रस्ताव सभामा लैजाँदैछ। सभा पुस २९ गते सामना होटल, हेटौंडामा बस्दैछ।
कम्पनीले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको १०.५३ प्रतिशत लाभांश सभाबाट पारित गर्ने जनाएको छ। प्रस्तावित लाभांशमध्ये अधिकांश नगद दिने जनाएको छ। कर पनि यसैमा समावेश छ।
यसबाहेक सधैं जसोका साधारण एजेण्डा उपर सभाले छलफल गर्ने जनाएको छ। सभामा वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान र लेखापरीक्षक बारे छलफल हुँदैछ। कम्पनीले गत आर्थिक वर्षका लागि कुनै लाभांश प्रस्ताव गरेको छैन।
साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले पुस २० गते एकदिनका लागि बुक क्लोज गर्ने भएको छ। बुक क्लोजभन्दा अघि किन्ने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश दाबी गर्न सक्नेछन्।