मार्जिन कारोबारका लागि नेप्सेले छान्यो ८७ कम्पनी, योग्य ठहरिएकामध्ये सबैभन्दा धेरै लघुवित्त

बिजमाण्डू
२०७९ कात्तिक २२ गते १२:४३ | Nov 8, 2022

काठमाडौं। मार्जिन कारोबारको लागि ८७ सूचीकृत कम्पनी योग्य ठहरएका छन्। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले सोमबार सार्वजनिक गरेको मार्जिन कारोबार योग्य कम्पनीको सूचीमा कुल ८७ कम्पनी परेका हुन्।

Tata
GBIME

नेप्सेले सार्वजनिक गरेको कम्पनीको सूचीमा  १७ वाणिज्य बैंक,  ८ विकास बैंक, ५ फाइनान्स, एक होटल,  १३ हाइड्रोपावर, नागरिक लगानी कोष, चार जीवन बीमा कम्पनी तथा २९ लघुवित्त कम्पनीहरु छन्।

मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधिले तोकेको मापदण्ड अनुसार उक्त कम्पनीहरू योग्य देखिएको नेप्सेले जनाएको छ।

हालसम्म नेप्सेबाट २२ वटा ब्रोकर कम्पनीले मार्जिन कारोबार सेवा प्रदान गर्न अनुमति लिएका छन्। जसमध्ये नासा सेक्युरिटिजले कात्तिक ३ गतेबाट कारोबार समेत सुरु गरिसकेको छ।

यस अघि मार्जिन कारोबारका लागि योग्य ३३ कम्पनी रहेका नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले बताए।