नेपाल बैंक र दराजबीच सम्झौता: बैंकको कार्ड प्रयोग गर्दा तीन हजार रुपैयाँसम्म छुट पाइने

बिजमाण्डू
२०७९ कात्तिक १८ गते १२:२९ | Nov 4, 2022
नेपाल बैंक र दराजबीच सम्झौता: बैंकको कार्ड प्रयोग गर्दा तीन हजार रुपैयाँसम्म छुट पाइने

काठमाडौं। नेपाल बैंक लिमिटेड र अनलाइन सपिङ पोर्टल दराजबीच बैंकमा खाता रहेका ग्राहकहरुलाई बैंकको ८६औं वार्षिकोत्सवको अवसरका साथै दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ।

Tata
GBIME

यो योजना कात्तिक २५ गतेदेखि  मंसिर ३ गतेसम्म लागू हुनेछ। 

सम्झौता पत्रमा बैंकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुनबहादुर कँडेल र दराजको तर्फबाट पेमेन्ट तथा पार्टनरसिप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार नेपाल बैंकमा खाता रहेका ग्राहकहरुले दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान गरिद गर्दा डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा २,५०० रुपैयाँसम्मको छुट पाउने छन्।

साथै क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशत वा ३ हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन्। उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्ड ई-कमर्सको लागि सक्रिय गर्नुपर्नेछ।