नासा सेक्युरिटिजबाट लगानीकर्ताहरुले मार्जिन कारोबार गर्न सक्ने, सेवाको औपचारिक सुरुवात

बिजमाण्डू
२०७९ कात्तिक ३ गते १५:५७ | Oct 20, 2022
नासा सेक्युरिटिजबाट लगानीकर्ताहरुले मार्जिन कारोबार गर्न सक्ने, सेवाको औपचारिक सुरुवात

काठमाडौं। नासा सेक्युरिटिजले लगानीकर्तालाई बिहीबारबाट मार्जिन सेवा उपलब्ध गराउन सुरु गरेको छ। नासा सेक्युरिटिजले सेयर ब्रोकरबाटै कर्जा लिएर सेयर खरिद गर्नसक्ने गरी 'मार्जिन ट्रेडिङ' सेवा औपचारिक रुपमा सुरु गरेको छ। 

Tata
GBIME

नेपाल स्टक एक्सचेञ्जले २०७५ सालमा मार्जिन कारोबार सुविधा सम्बन्धि कार्यविधि, २०७५ जारी गरेपछि यो सेवा सुरु गर्ने नासा सेक्युरिटिज पहिलो ब्रोकर कम्पनी बनेको छ। नासाले कार्यविधि बमोजिम लगानीकर्ताहरुलाई दुई प्रकारका योजनाहरु ल्याएको जनाएको छ।

पहिलो योजना अन्तर्गत १० लाख रुपैयाँसम्मको पोर्टफोलियोमा काम गर्ने ग्राहकले ४० प्रतिशत मात्र नगद मार्जिन राखेर कारोबार सुरु गर्न सक्नेछन्। ३० दिने अवधिका लागि यो योजना उपलब्ध हुनेछ। यसमा सेवा शुल्क र ब्याजसहित ९ हजार ९९९ रुपैयाँ शुल्क लाग्ने कम्पनीले जनाएको छ। लाग्नेछ ।

१० लाख रुपैयाँसम्मको पोर्टफोलियोमा ५८ दिने अवधिको अर्को प्याकेज नासाले ल्याएको छ। जसको सेवा शुल्क र ब्याजसहित २१ हजार ५८ रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ। 

यो सुविधा नेप्सेबाट जारी मार्जिन कारोबार गर्न योग्य कम्पनीको सूची भित्र रहेर कारोबार गर्ने ग्राहकका लागि उपलब्ध हुने बताइएको छ। कम्पनीले दुवै योजना ग्राहकहरुले आवेदन दिएको ५८ मिनेट भित्रमा स्वीकृत गर्ने जनाएको छ।

मार्जिन कारोबारको सुविधा लिएर कारोबार गर्न इच्छुकहरुले नासा सेक्युरिटिजको वेबसाइटमा गएर आवेदन दिन सक्नेछन्।