ट्रेजरी बिलको ब्याज फेरि बढ्यो, बैंकले धेरै माग्न थालेपछि राष्ट्र बैंकले सकार्‍यो ट्रेजरी बिल



२०७९ असोज २ गते १७:३९
ट्रेजरी बिलको ब्याज फेरि बढ्यो, बैंकले धेरै माग्न थालेपछि राष्ट्र बैंकले सकार्‍यो ट्रेजरी बिल


काठमाडौं। लयमा फर्किसकेको ट्रेजरी बिलको ब्याज (बट्टा) दर पुन: दोहोरो अंकमा पुगेको छ। बैंक तथा वित्तीय संस्थाले बढि दर माग्न थालेपछि राष्ट्र बैंकले आफैले किनेर हस्तक्षेप गर्न थालेको थियो।

Tata
GBIME

बैंक तथा वित्तीय संस्थाले आइतबार नवीकरणमा राखिएको ट्रेजरी बिलमा ११.२२ प्रतिशतमाथि ब्याज मागेपछि राष्ट्र बैंकले हस्तक्षेप गरेको हो।

राष्ट्र बैंकले २८ दिनको २०० करोड, ९१ दिनको ५५३ करोड र १८२ दिनको ४३० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणमा राखेको थियो।

यसमध्ये २८ दिनको २०० करोडको ट्रेजरी बिल बैंक तथा वित्तीय संस्थाहरुले नै फिर्ता पाएका छन्। यसको औसत ब्याज ८.९३ प्रतिशत कायम भएको छ।

९१ दिनको ५५३ करोडको नवीकरणमा राखिएकोमा बढि ब्याज माग गरिएपछि राष्ट्र बैंकले नै २४२ करोडको खरीद गरेको छ। यसको औसत ब्याज ९.८७ प्रतिशत कायम भएको छ।

१८२ दिनको ४३० करोडको नवीकरणमा राखिएकोमा राष्ट्र बैंकले नै २३९ करोडको उठाएको छ। यसको औसत ब्याज ९.८७ प्रतिशत कायम भएको छ।

आइतबार बैंक तथा वित्तीय संस्थाहरुले ३४ अर्ब ९६ करोड रुपैयाँ बराबर स्थायी तरलता सुविधा सापटी चलाएका छन्।