माछापुच्छ्रे बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता, ३ सम्मको कृषि कर्जा सुरक्षा

बिजमाण्डू
२०७९ भदौ २३ गते १६:१६ | Sep 8, 2022

काठमाडौं। माछापुच्छ्रे बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच कृषि कर्जा सुरक्षण गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

Tata
GBIME

उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले हस्ताक्षर गरे। सम्झौता पश्चात बैंकबाछ लगानी हुने तीन करोडसम्मका कृषि कर्जाहरुको कर्जा सुरक्षण गरिने बैंकले जनाएको छ ।

यस अघि, माछापुच्छ्रे बैंकले नेपाल राष्ट्र बैंकको प्रावधान अनुसार “ सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि ” अन्तर्गत प्रवाह भएका शिक्षित युवा स्वरोजगार कर्जा अन्तर्गत ७ लाखसम्मको कर्जा सुविधाको कर्जा सुरक्षण गर्दै आएको थियो।

यस्तै बैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा तथा दलित समुदाय ब्यवसाय विकास कर्जा अन्तर्गत लगानी भएका १० लाखसम्म र महिला उद्यमशीलता कर्जा अन्तर्गत लगानी भएका १५ लाख रुपैयाँसम्मको कर्जा सुविधाहरुको कर्जा सुरक्षण गर्दै आईरहेको जारी विज्ञप्तीमा उल्लेख छ।