बुधबार दोहोरो अंकले घट्यो नेप्से, खुम्चिँदै गएको कारोबारले आज पनि पायो निरन्तरता

बिजमाण्डू
२०७९ भदौ २२ गते १५:१८ | Sep 7, 2022

काठमाडौं। तीव्र रुपमा खुम्चिँदै गएको कारोबारकाबीच सेयर बजार बुधबार पनि दोहोरो अंक घटेको छ। बुधबार नेप्से ११.९७ अंक घट्दा १९३९.८८ को विन्दूमा ओर्लिएको छ। 

Tata
GBIME
Nepal Life

कारोबार अवधिभर मात्र ८२ करोड ६२ लाख रुपैयाँको किनबेच भयो। लगानी स्रोतको अभाव र घट्दो बजारको लयले सेयर बजार प्रतिको रुचि लगानीकर्ताले गुमाएको बजारका अनुभवीहरु बताउँछन्। 

२५ अर्बको कारोबार अनुभव गरिएको बजारमा हिजोआज मुश्किलले एक अर्बको कारोबार देख्दा लगानीकर्ता अन्योलमा परेको उनीहरुको विश्लेषण हो। बजारको यात्रा निश्चित नहुँदा कारोबार गर्न नचाहनेहरुको संख्या बढेको छ।

किनबेच घटेको देखिएपनि एनटिसीको सेयरमा बाक्लिएको आकर्षण बजारमा कायमै छ। आज पनि सर्वाधिक कारोबार हुने स्टकहरुको शिर्ष स्थानमा एनटिसी छ।

बुधबार बजारमा कुल २२४ वटा स्टकको कारोबार भयो। जसमध्ये १४७ वटाको सेयर मूल्य घटेको छ। यस्तै, म्युचुअल फन्डको प्रतिनिधि उपसूचक बाहेक बाँकी १२ वटै उपसूचक रातो भएर बन्द भए। व्यापार उपसमूह सबैभन्दा बढी घट्यो।