राधी विद्युत कम्पनीले भदौ १० गतेसम्म कायम सेयरधनीलाई हकप्रद बिक्री गर्दै, चुक्ता पुँजी डेढ अर्ब

बिजमाण्डू
२०७९ भदौ १६ गते ०९:०५ | Sep 1, 2022
राधी विद्युत कम्पनीले भदौ १० गतेसम्म कायम सेयरधनीलाई हकप्रद बिक्री गर्दै, चुक्ता पुँजी डेढ अर्ब

काठमाडौं। राधी विद्युत कम्पनी लिमिटेडले असोज ५ गतेबाट हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीले २५ गतेसम्म सेयर जारी गर्ने छ।

Tata
GBIME
Nepal Life

१०० रुपैयाँ अंकित दरका ९५ लाख ३५ हजार ७६० कित्ता सेयर जारी गर्ने छ। कम्पनीले हाल कायम पुँजीको एक बराबर १.४७ को अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो।

कम्पनीको चुक्ता पुँजी ६४ करोड ६४ लाख रुपैयाँ छ। करिव एक अर्बको सेयर जारीपछि चुक्ता पुँजी डेढ अर्ब नाघ्ने छ।

कम्पनीको सेयरमा भदौ १० गतेसम्म कायम सेयरधनीले आवेदन दिन सक्छन्।  कम्पनीले प्रस्ताव गरेको १४७.५२ प्रतिशत हकप्रदका आधारमा नेप्सेले शुक्रबार राधिको मूल्य समायोजन गरिसकेको छ।