
काठमाडौं। आफ्नै कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) ल्याउन नेपाल स्टक एक्सचेन्ज(नेप्से)सँग सैद्धान्तिक स्वीकृति माग्ने ब्रोकरको संख्या उल्लेख्य भएको छ।
नेप्सेका अनुसार हालसम्म आफ्नै टीएमएस सञ्चालनमा ल्याउनका लागि करिब दुई दर्जन ब्रोकर कम्पनीहरुले आवेदन दिएका छन्।
आफ्नै टीएमएसको योजनामा रहेका यी ब्रोकर कम्पनीहरुले नेप्सेको टीएमएस त्याग्दै डीजी हब कम्पनीले ल्याउने अन्तर्राष्ट्रिय स्तरको नयाँ प्रणाली सञ्चालन गर्ने भएका हुन्।
नेप्सेका अनुसार नयाँ टीएमएस बनाउन र चलाउनका लागि सैद्धान्तिक स्वीकृति माग गर्दै अग्रवाल सेक्युरिटिज, प्रज्ञान सेक्युरेटिज, नेपाल स्टक हाउस, एबीसी सेक्युरेटिज र स्वेत सेक्युरेटिज ब्रोकर कम्पनीले नयाँ टीएमएसका लागि नेप्सेमा आवेदन दिएका हुन्।
यस्तै दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्यिुरेटिज, सेक्योर्ड सेक्युरेटिज,दिपशिखा धितोपत्र कारोबार कम्पनी,क्रिएटिभ सेक्युरेटिज, साउथ एसिएन बुल्स, डायनामिक मनी म्यानेजर्स सेक्युरेटिज, कालिका सेक्युरेटिज, त्रिशक्ति सेक्युरेटिज लगायत २१ ब्रोकर कम्पनीले नयाँ टीएमएस चलाउन नेप्सेसँग सैद्धान्तिक स्वीकृति माग गरेका हुन्।
'सैद्धान्तिक स्वीकृतिका लागि ब्रोकरहरुको आवेदन आउने क्रम जारी छ। अहिलेसम्म २१ वटा ब्रोकरहरु आएका छन्,' नेप्सेका एक कर्मचारीले भने,'आएका आवेदनहरुलाई स्वीकृति दिने प्रक्रियामा छौं। तर यसमा समय लाग्ने देखिएको छ। नपुग कागजात माग्नु पर्यो, कतिको प्रक्रिया नै पुगेको छैन।'
Broker number | Name of the company |
6 | Agrawal Securities Pvt. Limited |
10 | Pragyan Securities Pvt. Limited |
14 | Nepal Stock House Pvt. Limited |
17 | ABC Securities Pvt. Limited |
25 | Sweta Securities Pvt. Limited |
33 | Dakshinkali Investment and Securities Pvt. Ltd. |
36 | Secured Securities Ltd. |
38 | Dipshikha Dhitopatra Karobar Co. Pvt. Ltd. |
40 | Creative Securities Pvt. Ltd. |
43 | South Asian Bulls Pvt. Ltd. |
44 | Dynamic Money Managers Securities Pvt. Ltd. |
46 | Kalika Securities Pvt. Ltd. |
47 | Neev Securities Pvt. Ltd. |
48 | Trishakti Securities Public Limited |
49 | Online Securities Pvt. Ltd. |
50 | Crystal Kanchanjungha Securities Pvt. Ltd. |
52 | Sundhara Securities Ltd. |
53 | Investment Management Nepal Pvt. Ltd. |
54 | Sewa Securities Pvt. Ltd. |
55 | Bhrikuti Stock Broking Co. Pvt. Ltd. |
57 | Arya Tara Investment And Securities Pvt. Ltd. |