
काठमाडौं। इष्टर्न हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि सार्वजनिक निष्कासन (आइपीओ) जारी गरेको छ। कम्पनीको आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका बासिन्दाका लागि आइपीओ जारी गरेको हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जारी पुँजीको १० प्रतिशतले हुन आउने ६ करोड २० लाख रुपैयाँ बराबरको ६ लाख २० हजार कित्ता आइपीओ जारी गरेको छ। उक्त आईपीओ छिटोमा भदौ २१ गतेसम्म बिक्री गरिने छ।
दुई साताको सुरुवाती अवधिमा स्थानीयबाट पर्याप्त आवेदन नपरे बिक्री अवधि असोज ५ सम्मका लागि लम्बिने बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाले नेपाल धितोपत्र बोर्डबाट सी-आस्वा सदस्यता प्राप्त गरेका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।