हकप्रद जारी गर्न राधी विद्युतले तोक्यो भदौ १२ लाई बुक क्लोज, ९५ करोडको हकप्रद ल्याउँदै

बिजमाण्डू
२०७९ भदौ ५ गते १०:३३ | Aug 21, 2022
हकप्रद जारी गर्न राधी विद्युतले तोक्यो भदौ १२ लाई बुक क्लोज, ९५ करोडको हकप्रद ल्याउँदै

काठमाडौं। राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर जारी गर्नका लागि बुक क्लोज मिति तोकेको छ। 

Tata
GBIME
Nepal Life

कम्पनीको गत बिहीबारको सञ्चालक समिति बैठकले भदौ १२ गतेका लागि बुक क्लोज मिति तोकेको हो। 

उक्त दिनभन्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले मात्र हकप्रद खरिद गर्न पाउने छन्। कम्पनीले सेयरधनीका लागि १ः१.४७५२ को अनुपात अर्थात १ कित्ता सेयर बराबर १.४७ कित्ता सेयरका दरले सेयर निष्कासन गर्ने भएको छ। 

सोही अनुपातमा कम्पनीले ९५ करोड ३५ लाख रुपैयाँ बराबरको ९५ लाख ३५ हजार कित्ता हकप्रद सेयर जारी गर्ने भएको हो।

नेपाल धितोपत्र बोर्डले राधीलाई गत साउन ९ गते हकप्रद जारी गर्ने अनुमति दिएको थियो। कम्पनीले अबको केही समयमा नै हकप्रद जारी गर्ने भएको छ। राधीले हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई चयन गरेको छ।