ऋणको सुरक्षण गर्न सानिमा बैंक र निक्षेप सुरक्षण कोषबीच सम्झौता, यी कर्जाको हुन्छ सुरक्षण

बिजमाण्डू
२०७९ साउन २५ गते १७:४४ | Aug 10, 2022

काठमाडौं। निक्षेप तथा कर्जा सुरक्षण कोष र सानिमा बैंकबीच लघु वित्त तथा विपन्न वर्ग क्षेत्र कर्जा सुरक्षण गर्ने सम्झौता भएको छ।

Tata
GBIME

दुबै पक्षबीच बुधबार सम्झौता भएको हो। सम्झौतापत्रमा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले हस्ताक्षर गरेका छन्।

कार्यक्रममा कोषका नायव प्रमुख कार्यकारी अधिकृत तथा विभागीय प्रमुखहरु र सानिमा बैंकका विभागीय प्रमुखहरुको उपस्थिति रहेको थियो।

सम्झौतापत्रमा हस्ताक्षर भएसँगै सानिमा बैंकले लघु वित्त तथा विपन्न वर्ग कर्जाको सुरक्षण हुने छ।

बिना धितो सामूहिक जमानीमा लगानी गर्ने प्रति व्यक्ति दश लाख रुपैयाँसम्म, शैक्षिक प्रमाणपत्र धितो जमानीमा लगानी गर्ने प्रति व्यक्ति सात लाख रुपैयाँसम्म, धितो जमानीमा लगानी गर्ने प्रति व्यक्ति बीस लाख रुपैयाँसम्म, वैदेशिक रोजगारबाट सीपमूलक तालिम लिई फर्केका युवा तथा दलित समुदायका व्यक्तिलाई सामूहिक जमानी वा परियोजना धितो अन्तर्गत लगानी गर्ने प्रति व्यक्ति दश लाख रुपैयाँसम्म र कोषको पूर्व सहमति लिई महिलाद्वारा सञ्चालित लघु उद्यम परियोजना अन्तर्गत परियोजना धितो राखी वा व्यक्तिगत वा सामूहिक जमानीमा लगानी गर्ने १५ लाख रुपैयाँसम्मको कर्जा कोषले सुरक्षण गर्नेछ।