क्षमता अपग्रेड गर्दै ‘सजिलो सेवा’, प्राविधिक र सेवाग्राहीलक्षित सर्भिस सेयरिङ एप ल्याउने

बिजमाण्डू
२०७९ साउन १२ गते ११:१४ | Jul 28, 2022
क्षमता अपग्रेड गर्दै ‘सजिलो सेवा’, प्राविधिक र सेवाग्राहीलक्षित सर्भिस सेयरिङ एप ल्याउने

काठमाडौं। मर्मत सम्भारसँग सम्बन्धित सेवा दिँदै आएको स्टार्टअप कम्पनी 'सजिलो सेवा'ले  प्रि-अटोमेटेड सिस्टम संचालनमा ल्याउने भएको छ।कम्पनीले आफूसँग आवद्ध प्राविधिक र सेवाग्राही लक्षित सर्भिस सेयरीङ एप संचालनमा ल्याउन लागेको संस्थापक पुकार आचार्यले जानकारी दिए।

Tata
GBIME
Nepal Life

'हामीले पारदर्शिता सिद्धान्त अवधारणामा सेवाप्रदायक र सेवाग्राहीलाई थप सहज हुने गरी यो एप संचालनमा ल्याउन लागेका हौं।' संस्थापक आचार्यले बिजमाण्डूसँग भने,'यो एप सुरु भएपछि हाम्रा ग्राहक र प्राविधिकले राइड सेयरीङ एपमार्फत आफ्नो आवश्यकता र समय अनुकुल सेवा लिन सक्नुहुनेछ।'

यो एपमा कुनै पनि घरायसी मर्मतसंभारका लागि पर्न आउने निश्चित मूल्य समावेश हुने उनले जानकारी दिए। एपमै सेवा शुल्क समावेश गर्दा सेवाग्राही र सेवाप्रदायक दुवैमा पारदर्शिता कायम हुने उनले जानकारी दिए।

उनका अनुसार कम्पनीले दुई साताभित्रै यो एप संचालनमा ल्याउने योजना रहेको छ।

कम्पनीले यस अघि ग्राहक सेवा चुस्त बनाउने अगाडी केहि समय अगाडी आफ्नो आधिकारीक साइट सजिलो सेवा डट कम संचालनमा ल्याइसकेको छ। यो साइटमार्फत ग्राहकले अनलाइनमार्फत आफूलाई आवश्यक परेको सेवा तत्काल लिन सक्ने उनले जानकारी दिए।

यो साइटमार्फत ग्राहकले आफूले चाहेको सेवाको अग्रिम बुकिङ लिन सक्ने उनले बताए। यसमार्फत सेवा ग्राही र सेवाप्रदायकमा पार्रदर्शीता कायम हुँदै आएको उनले जानकारी दिए।

सन् २०१७ मा स्थापना भएको यो स्टार्टअप कम्पनीमा ट्रु नर्थ एसोशिएट्स (टिएनए) ले १० करोड रुपैयाँ लगानी गरेसँगै यो कम्पनीले आफ्नो सेवा विस्तार सुरु गरेको हो।

हाल काठमाडौं केन्द्रित भएर सेवा दिइरहेको यस कम्पनीले अब उपत्यकाबाहिर पनि सेवा विस्तार गर्दै मर्मत मात्र नभइ भ्यालु एडेड सर्भिस दिने योजनाका साथ 'सजिलो सेवा' नामकरण गरेएको संचालक आचार्यले बताए।

यसअघि कम्पनीले प्लम्बिङ, विद्युतीय उपकरणहरु, होम इम्प्रुभमेन्ट, नेटवर्किङ, होम एप्लायन्सेस, कार्पेन्ट्री, फल्स सिलिङ, वाटर प्रुफिङ, पार्केटिङ लगायतको सेवा दिँदै आएको थियो। अब पेस्ट कन्ट्रोल (किटाणु नियन्त्रण), सरसफाई, आल्मुनियम, युपिभीसी, ग्लास पार्टेसनलगायतका सेवा पनि थप गरेको कम्पनीले जनाएको छ।

हालसम्म कम्पनीले ४० हजार भन्दा बढी सेवा दिइसकेको छ। कम्पनीका १५ हजार भन्दा बढी ग्राहक छन्। सजिलो सेवामा रेग्मी र आचार्यसहित कविश श्रेष्ठ समेत गरी तीनजना सहसंस्थापकहरु छन्।